अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य लगातार घटिरहे पनि नेपालमा सरकारले इन्धनको मूल्य तत्काल नघटाउने भएको छ ।
आयल निगमको नाफा कोरोना उपचार कोषमा पठाउने भन्दै मूल्य नघटाएको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयल निगमको नाफा कोरोना रोकथाम तथा उपचार कोषमा पठाउनुपर्ने भएकाले मूल्य समायोजन नगर्ने बताए
मंगलबार सञ्चारकर्मीहरुसंग भर्चुअल कुराकानी गर्दै मन्त्री भट्टले राज्य कमजोर अवस्थामा रहेकाले मूल्य घटाउन नसकिएको बताए । आयल निगमले सोमबार मात्रै कोरोना नियन्त्रण कोषमा ५० करोड रुपैयाँ पठाएको मन्त्री भट्टको भनाइ छ ।
‘आर्थिकरुपले सरकार कमजोर अवस्थामा छ, निगमको मूनाफा कोरोना कोषमा पठाउन थालेका छौं, तत्काललाई मूल्य घट्दैन पछि सोच्न सकिन्छ’ मन्त्री भट्टले भने ।
अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार मूल्य समायोजनका केही समय पछि गृहकार्य हुने उनले बताए ।
