काठमाडौं: सशस्त्र प्रहरीका पूर्व एआईजी ठाकुर मोहन श्रेष्ठ र नेपाली सेनाका पूर्व सहायक रथी प्रेम सिंह बस्न्यात पक्राउ परेका छन् ।

उनीहरुलाई प्रहरीले महाराजगन्जबाट पक्राउ गरेको हो ।

भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जाने बाटो खनेको विरोधमा सडकमा उत्रिएका श्रेष्ठ र बस्‍नेतलाई शनिबार दिउँसो महाराजगन्‍जबाट प्रहरीले पक्राउ गरेको हो ।

दुवै पूर्व सुरक्षा अधिकारीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जको हिरासत कक्षमा राखिएको छ ।

महानागरीय प्रहरी कार्यालयका डीआईजी विश्‍वराज पोखरेलले लकडाउन उल्लंघन गरेको आरोपमा दुवै जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version