काठमाडौँ: कोभिड–१९ क्राइसिस् मेनेजमेन्ट सेन्टर सिसीएमसी-ओपिसी को औपचारिक एप कोभिडएनपीको शुरुवात गरिएको छ ।
सूचना तथा प्रविधिका क्षेत्रमा काम गर्दै आएको आईमार्क प्रलिले कोभिड नियन्त्रणका लागि सरकारलाई सधाउन निशुल्क तयार पारेको एपको उपप्रधानएवं रक्षमन्त्री इश्वर पोखरेलले छाउनीमा स्थापना गरिएको सिसीएमसी सञ्चालन केन्द्रमा एक कार्यक्रमका बिच औपचारिक सुरुवात गरेका हुन् ।
आफ्नो मोबाइलमा कोभिड एनपीएप डाउनलोड गरे पछि पोखरेलले एपको अपडेटेड भर्सन रिलिज गर्ने बटन दबाएर औपचारिक सुरुवात गरेका हुन् ।
सम्भावित बिरामीको पहिचान गरी समयमा नै दु्रत स्वास्थ्य परामर्श लगायत थप उपचारको व्यवस्थालाई सहज बनाउने उद्देश्यले उक्त एप प्रयोगमा ल्याइएको हो ।
जो कसैले पनि गूगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट कोभिड एनप्पीनामको उक्त एप डाउनलोड गरी प्रयोग गर्न सकिन्छ ।
गूगलप्लेमा अहिले नै उपलब्ध भैसकेको उक्त एप एप्पलको एप स्टोरमा केही दिनमा उपलब्ध हुने जानकारी कार्यक्रममा दिइएको छ ।
यो एपबाट कोभिड १९ रोगका लक्षण, संक्रमणमणबाट जोगिन अपनाउनुपर्ने सतर्कता, स्वास्थ्य परीक्षण लगायतका विषयमा विस्तृत जानकारी प्राप्तहुनेछ ।
प्रयोग गर्ने व्यक्तिलाई सोधिएको प्रश्नका आधारमा प्राप्त उत्तरको मूल्याङ्कन गरी प्रयोगकर्तालाई हरियो, पहेँलो र रातो गरी तीन श्रेणीमा विभाजन गरी आवश्यकता अनुसार पत्ता लगाउन सक्ने व्यवस्था गरिएको एप निमार्ण कम्पनी आइमार्क प्रालिका अध्यक्ष रामप्रसाद ढुङ्गानाले बताए ।
समारोहमा रक्षामन्त्री पोखरेलले महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई थप प्रभावकारी बनाउँदै परिस्थितिलाई सहज बनाउने कार्यतर्फ सबैको इमान्दार प्रयासको खाँचो औँल्याए ।
उनले भने, “कोभिड– १९ बारे सूचना दिन बनाइएका एप आमनागरिकले सरल ढङ्गबाट थाहा पाउने, बुझ्ने र प्रयोग गर्नसक्ने हुनुपर्छ, गलत सूचना प्रवाह हुन नदिनेतर्फ सबै होसियार रहनुपर्छ ।”
कोभिडबारे यथार्थ जानकारी जनतालाई दिन जरुरी रहेको बताउँदै उपप्रधानमन्त्री पोखरेलले हरेक व्यक्तिले जानकारी होस् भन्ने हेतुले तयार गरिएको एपको प्रयोग गर्न, सही सूचनाप्राप्त र प्रवाहगर्न सम्पूर्ण नागरिकलाई आह्वान गरे।
