काठमाडौँ: खलंगाबाट छाङ्गरुमा ८ पटक ओसारेपछि सशस्त्र प्रहरीकाे २५ जना, नेपाल प्रहरीको १८ जना तथा उनिहरुका लागि आवश्यक बन्दोबस्तीका सामान छाङ्गरुमा पुर्याईएको छ । जटिल भाैगाेलिक अवस्थितिका कारण हेलिकप्टरले थाेरै ताैलमात्रै बाेकेकाे थियोे ।
यसअघि छाङ्गरु नजिकैकाे अर्को गाउँ हुम्लिङबाट दुई दिनकाे पैदलयात्रा गरि ३ जना प्रहरी भने हिँजै छाङ्गरु पुगिसकेकाे छन् ।
त्यहाँ पुगेका २१ प्रहरी मध्ये सईकाे नेतृत्वमा १२ जना तिङ्करतर्फ प्रस्थान गर्नेछन् । माैसमी अनुकुलता र भाैगाेलिक अवस्था सामान्य रहे छाङ्गरुबाट साे टाेली भाेलि वा पर्सि तिङ्कर पुग्ने दार्चुलाका डिएसपी पदमबहादुर बिस्टले जानकारी दिनुभयो । उनिहरु पैदलै १२ किमि पर रहेकाे तिंकर पुग्नेछन् ।
यस्तै असईकाे नेतृत्वमा छाङ्गरुकाे नितिकुण्ड (सितापुल सिमा नजिक)मा ९ जनाकाे प्रहरी चाैकि आजै बसेकाे छ ।
यसरी २१ जनाको नेपाल प्रहरीकाे टिम समेत सिमा क्षेत्रमा थपिएको छ ।
