काठमाडौँ: नेपाली सेनाले सरकार-सरकार प्रणाली मार्फत खरिद गरेको कोरोनाभाइरसका लागि प्रयोग हुने स्वास्थ्य सामग्री स्वरुपको पहिलो लट को १० कन्टेनर सामान सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार नाका शुक्रबार आइपुगेको छ ।

 

कोरोना भाइरसको जोखिम हुन नदिन ल्याइएका अतिआवश्यक स्वास्थ्य सामग्री आज सो स्थानबाट तातोपानी नाका हुँदै नेपाल भित्रिएको सेनाका प्रवक्ता तथा सहायक रथी बिज्ञान देव पाण्डेले जानकारी दिए। उनका अनुसार झन्डै २,३२३ क्युबिक मिटर सामग्री सो १० वटा कन्टेनरमा आइपुगेको जनाएका छन्।

 

शनिबार ११ बजेसम्ममा उक्त काठमाडौँ ल्याइने तयारी भएको उनले बताए। सेनाले सो प्रक्रिया मार्फत ६७ थरिका स्वास्थ्य सामग्री खरिद गरेको थियो । केही सामान विमानमार्फत ल्याइने जनाइएको छ। हवाईबाट आउने सामग्री भने सोमबार नेपाल वायु सेवा निगमको चार्टर्ड उडानले ले मंगलबार काठमाडौँ ल्याउने जनाइएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version