काठमाडौँ: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विगत दुई वर्षका नीति तथा कार्यक्रम पढ्न आग्रह गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम छलफलमा भाग लिँदै देउवाले पूरानै असफल नीति तथा कार्यक्रम यसपटक पनि ल्याइएको बताए।

‘नीति तथा कार्यक्रममा आफ्नो प्रशंसा आफैं गरिएको छ,’ देउवाले भने, ‘विगतकै कतिपय नीति तथा कार्यक्रम दोहोरिएका छन्।’

उनले प्रधानमन्त्रीलाई पुन: विगत दुई वर्षका नीति तथा कार्यक्रम पढ्न आग्र गरे।

‘दुई वर्षका नीति तथा कार्यक्रम पुन: एकपटक पढ्न आग्रह गर्छु,’ देउवाले भने, ‘दुई वर्षका नीति तथा कार्यक्रम हेरेर सरकार आफैं लज्जित हुनुपर्ने अवस्था छ।’

पहिलेका नीति तथा कार्यक्रममा गौतमवुद्ध विमानस्थल एक वर्षभित्र बनिसक्ने लगायत योजना रहे पनि अहिलेसम्म ती योजना पूरा नभएको देउवाले बताए।

‘नीति तथा कार्यक्रम कति फितलो हुन्छ भन्ने पूरानै कार्यक्रमो पुनरावृत्तिले देखाएको छ,’ देउवाले भने।

विकास गजबसँग भइरहेको दाबी गर्ने सरकार र प्रधानमन्त्रीलाई न्युन खर्चले गिज्याइरहेको देउवाको भनाइ छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version