काठमाडौँ: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले शान्ति सुरक्षाको जिम्मेवारी प्रहरीको भए पनि काठमाडौंका सडकमा किन सेना देखिएको भन्ने प्रश्न गरेका छन्।

 

सरकारले ल्याएका नीति तथा कार्यक्रमबारे सोमबार प्रतिनिधिसभा संसदमा भएको छलफलमा भाग लिएका सांसद सिंहले राष्ट्रिय सुरक्षामा लगाउनुपर्ने सेना सडकमा देखिएको बताएका हुन्।

 

‘हिजो कालिमाटीस्थित सडकमा सेनाले चेक गरेको भन्ने आएको छ,’ उनले भने, ‘शान्ति सुरक्षामा नेपाल प्रहरी खटाउने हो। सेना राष्ट्रिय सुरक्षामा खटिनुपर्ने हो। यो सरकारको नियत के हो?’

 

नयाँ पत्रिका दैनिकले सोमबारको अंकमा ‘अतिक्रमित क्षेत्रमा प्रहरी पठाएर राजधानीको सडकमा सेना: श्रीमतीलाई अस्पताल राखेर ब्लड बैंक हिँडेका वृद्धलाई नांगै बनाइयो’ समाचार लेखेको थियो।

 

उनले असफलता ढाकछोप गर्न सरकारले लामो नीति तथा कार्यक्रम ल्याएको बताए। सरकार एकपछि अर्को भ्रष्टाचार र अनियमितताका काण्डमा फस्दै गएको उनले बताए।

 

‘सरकारका काण्डैकाण्ड भन्ने हो भने मेरो समय नै जाने भयो,’ उनले भने। नीति तथा कार्यक्रम हेर्दा सरकारको पूर्ण असफलता देखिएको उनले बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version