काठमाडौँ: साँढे चार महिनाअघि मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठलाई सांघातिक आक्रम गरी ज्यान लिन प्रयास गर्ने योजनाका मुख्य फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङ जिल्ला, बाग्लुङ नगरपालिका-३ घर भई हाल भक्तपुर नगरपालिका-१० कालोपाटी बस्ने ५१ वर्षीय टेकबहादुर के.सी.रहेका छन् । उनलाई प्रहरीले मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनी विरुद्द ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा दायर गर्ने जनाएको छ ।

मेयर अमात्यमाथि गत बैशाख ८ गते आक्रम भएको थियो ।

फरार प्रतिवादी के.सी.लाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका-१० कालोपाटीबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version