काठमाडौं: वायु सेवा सञ्चालक संघले हवाइ इन्धनको मूल्य घटाउन माग गरेको छ। संघले विज्ञप्ति जारी गर्दै कम भन्दा कम मुनाफा राखि (लिटरको १० रुपैयाँभन्दा कम) मूल्य समायोजन गर्न माग गरेको हो।

हवाइ इन्धनको मूल्य घटेमा सर्वसाधारणको यात्रालाई सुलभ र सहुलियतपूर्ण हुने संघले विज्ञप्तिमा उल्लेख गरेको छ। यसबाट वायु सेवा कम्पनीहरुलाई पनि राहत पुग्न जाने संघको धारणा छ।

हवाई इन्धनको मूल्यमा उतारचढाव हुँदा वायुसेवा उद्योगको सञ्चालन खर्च लगायत नाफाघाटा निकै प्रभावित हुने गरेको संघले जनाएको छ। वायु सेवाको कूल खर्चको ३५ देखि ४० प्रतिशत हवाई इन्धनको रहने गरेको छ।

संघले विश्व बजारमा नै पेट्रोलियम पदार्थको मूल्य अप्रत्याशित ढंगले घटेको उल्लेख गर्दै छिमेकी मुलुकलगायत अन्य मुलुकहरुले डिजल र पेट्रोलको भाउ स्थिर राखी बढी रकम अन्य राष्ट्रिय खर्चमा लगाएको जनाएको छ। लामो भूमिका बाँधेर संघले हवाइ इन्धनको भाडा घटाउन भनेको हो।

छिमेकी राष्ट्रहरुको दाजोमा नेपालको आन्तरिक वायु सेवा कम्पनीहरुले किन्ने इन्धन महँग परेकाले ब्ययभार पनि बढी रहेको विज्ञप्तिमा उल्लेख छ। त्यसैले भाउ घटाउनु पर्ने संघको भनाइ छ। अहिले लकडाउनका कारण हवाइ सेवा बन्द छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version