काठमाडौँ : प्रधानसेनापति राजेन्द्र क्षत्रीले आफ्नो कार्यकाल चुनौतीपूर्ण रहे पनि समग्रमा सकारात्मक र प्रभावकारी भएको बताएका छन् ।

सैनिक मुख्यालय जंगी अड्डामा सकल दर्जालाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा राष्ट्रिय सुरक्षा नीति तयार भई राजपत्रमा प्रकाशत भएको, तीन वटा पृतना, दुई वटा बाहिनी खडा भएको, विशेष फौज गुल्म, महिलाका लागि गोरखकाली गुल्म खडा भएको बताए ।

प्रधानसेनापति क्षत्रीले नेपाली सेनाको ४२ प्रधानसेनापतिका रुपमा आफ्नो कार्यकाल पूरा गरी बिहीबारदेखि बिदामा बस्न लागेका छन् । सेनाको नेतृत्व नियुक्ति भएलगत्तै १० बुँदे मार्ग निर्देशन विसं २०७२ जारी गरेको कामको थालनी गर्नुभएका प्रधानसेनापति क्षत्रीले ९२ वृद्धाको बिदाइ सम्बोधनमा आफ्नो कार्यकालमा संगठनमा भएका सुधार र उन्नतिको चर्चा गरे ।
–––

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version