काठमाडौँ: कोरोनाभाइरसद्वारा संसारकै सर्वाधिक प्रभावित देशको सूचीमा भारत अब सातौं स्थानमा उक्लिएको छ ।

 

जोन्स होप्किन्स युनिभर्सिटीको ड्याशबोर्डका अनुसार भारतमा कोरोना संक्रमितको संख्या दुई लाख पुग्नै लागेको छ । ड्याशबोर्डका अनुसार भारतमा कूल १ लाख ९० हजार ६ सय ९ कोरोना संक्रमित रहेका छन् जबकी ५ हजार ४ सय ८ को यो भाइरसका कारण मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको आँकडा अनुसार पनि कोरोना भाइरस संक्रमितको हिसाबले भारत संसारको सातौं सर्वाधिक प्रभावित देश बनेको छ । संगठनका अनुसार भारतमा कूल संक्रमितको संख्या १ लाख ८२ हजार १ सय ४३ रहेको छ भने ५ हजार १ सय ६४ को मृत्यु भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version