धनुषा: धनुषाको सबैलास्थित इलाका प्रहरी कार्यालयका हिरासतभित्र एक अभियुक्त झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

 

हिरासतको शौचालयभित्र झुन्डिएको अवस्थामा सबैला नगरपालिका-१२, बरकुर्बाका २३ वर्षीय शम्भु सदा मृत भेटिएका हुन्।

 

उनी झुन्डेर आत्महत्या गरेको अवमा मंगलबार बिहान २ बजे फेला परेको धनुषाका प्रहरी नायब उपरीक्षक रमेश्वर कार्कीले जानकारी दिए। मृतक ट्याक्टर चालक थिए। सवारी दुर्घटना मुद्दामा यही जेठ १२ गते उनलाई पक्राउ गरी हिरासतमा राखिएको थियो।

 

सदाले किन आत्महत्या गरे भन्ने विषयमा अहिलेसम्म केही कारण खुल्न सकेको छैन। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको प्रहरीले जनाएको छ।

 

यसैबीच हिरासतभित्रै सदा मृत भेटिएपछि स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन्। उनीहरुले इलाका प्रहरी कार्यालयमा ढुडामुढाको साथै प्रहरी भ्यान तोडफोड गरेका छन्। अहिले स्थानीय बरकुर्बा सडक अवरुद्ध गरी घटनाको छानबिनकाे माग गर्दै प्रदर्शन गरिरहेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version