भक्तपुर: भक्तपुर नगरपालिका–१ चुनदेवीमा अरनिको राजमार्गको सर्भिस ट्र्याकमा पानी जान बनाएको ढलमा पानीको बेगले हानेर ढलभित्र छिरेका ट्रक चालकको शव ललितपुरमा भेटिएको छ ।

 

बिहीबार वाग्मती गाउँपालिका–१ भुजेल भन्ने ठाउँमा शव देखेपछि प्रहरीलाई खबर गरी पहिचान गर्दा सिन्धुली रानीचुरी स्थायी घर भई हाल हेटौँडा नगरपालिका–९ बस्ने ५७ वर्षीय चालक नरबहादुर राउतको शव भेटिएको हो ।

ढलबाट छिरेदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले हनुमन्तेखोला हुँदै ललितपुर र काठमाडौँको नदीमा खोजीकार्य जारी राखेका थिए ।

 

बिहीबार स्थानीयवासीले शव देखेपछि प्रहरीले मृतकको आफन्तमार्फत शवको पहिचान गरी शव परीक्षणका लागि अस्पताल पठाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version