काठमाडौं: बितेको २४ घण्टामा नेपालमा ४५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३५ महिलासहित ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमतिको संख्या ६२११ पुगेको छ ।

बितेको २४ घण्टामा थप ६७ जना संक्रमणमुक्त भएका छन् । जसमा ७ महिला र ६० पुरुष रहेका छन् । याेसँगै नेपालमा कोरोना जित्नेको जम्मा संख्या १०४१ पुगेको गौतमले जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version