काठमाडौँ: नेपाल स्टक एक्सचेञ्जले पूर्ण अनलाईन कारोबारबाट बजार सञ्चालनको तयारी गरेको छ।

 

मंगलबार एक सूचना जारी गर्दै नेप्सेले हालसम्म नेप्से अनलाईन ट्रेडिङ्ग सिस्टम (नट्स) मा आबद्ध नभएका लगानीकर्ताहरुलाई धितोपत्र दलालसँग सम्पर्क गरि शेयर बजार खुल्नु अगावै युजर नेम र पासवर्ड लिन आग्रह गरेको छ।

 

नेप्सेले लगानीकर्ताहरुलाई विद्युतीय माध्यमबाट धितोपत्र हस्तान्तरणको सुविधा लिनका लागि मेरो शेयर तथा रकम हस्तान्तरणको सुविधा उपयोग गर्न नेपाल क्लियरिङ्ग हाउसको ‘कनेक्ट आईपिएस, तोकिएको क्लियरिङ्ग बैंक तथा नेपाल राष्ट्र बैंकबाट विद्युतीय रुपमा रकम हस्तान्तरण सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेका सेवा प्रदायकको ‘आईपीएस’ मार्फत सहभागिता जनाउन सकिने जनाएको छ।

 

यी सबै सुविधाहरु लिई कारोबारका लागि तयारी अवस्थामा रहन नेप्सेले सबै सदस्य दलाल तथा लगानीकर्ताहरुलाई अनुरोध गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version