काठमाडौं: त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आइओएम) को डिनमा प्रा डा.दिव्यासिंह शाह नियुक्त भएकी छिन् । त्रिवि कार्यकारी परिषद्को बैठकले सिफारिस भएका तीन जनामध्ये उनलाई डिनमा नियुक्ति गरेको हो ।

यसअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकका रुपमा कार्यरत रहेकी थिइन् ।

डा.शाहले सञ्चारकर्मीहरुसँग कुरा गर्दै बिहीबारदेखि कार्यभार सम्हाल्ने जानकारी दिइन् । यसअघिका डिन प्रा डा जगदीशप्रसाद अग्रवालले उमेरहदका कारण जेठ २१ मा अवकाश पाएपछि उक्त पद रिक्त थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version