काठमाडौँ: राजनैतिक परिवर्तन पश्चातको प्रगति गरेको म्यानमारले नेपालसँगको व्यापारीक सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यले वरिष्ठ उद्यमीयू. को.को. लाटको नेतृत्वमा आएको म्यानमारको उच्च स्तरिय औद्योगिक व्यापारिक प्रतिनिधि मण्डलले आज नेपाल उद्योग परिसंघका पदाधिकारी, उद्यमी व्यवसायीसँग भेटघाट गरेको छ ।

भेटका अवसरमा प्रतिनिधि मण्डलका प्रमुख यू. को. को.ले म्यानमारमा धेरै पछिको महत्वपूर्ण राजनैतिक एवं अर्थपूर्ण परिवर्तन पछि सुधारका संकेत देखिन थालेकोले म्यानमार नेपालमा उद्यमी–व्यवसायी सँग द्विपक्षिय व्यापार, लगानी प्रवद्र्धन र पर्यटन प्रवद्र्धनमा जोड दिन उत्साहित रहेको बताए ।

नेपाल बुद्धको जन्मस्थल भएको कारणले समेत प्रत्येक साल करिब २५ हजार म्यानमार पर्यटक लुम्बिनीको भ्रमण गर्न आउने हुँदा पर्यटन प्रवद्र्धनको लागि समेत द्विपक्षीय सम्बन्ध सुदृढ गर्न व्यवसायी स्तरमा नै सम्बन्ध सुदृढ हुनुपर्ने उनले बताए ।

नेपालको जलस्रोत र सौर्य ऊर्जा माम्यानमारले लगानी गर्न सक्ने सम्भावना रहेको र द्विपक्षीय आर्थिक सम्बन्ध अभिवृद्धि गर्न निजी क्षेत्रबाट केही समय अगाडी हिमालय एयरलाइन्सको प्रत्यक्ष उडान रहेकोमा सो व्यवस्थाको निरन्तरता वा सिधा हवाई सेवाको व्यवस्था भएमा दुई देश बीच पर्यटन एवं अन्य आर्थिक क्रियाकलापमा उल्लेख्य वृद्धिको सम्भावना रहेको समेत लाटले बताए ।

सो अवसरमा नेपाल भ्रमणमा रहेका म्यानमारका उद्यमी–व्यवसायलाई स्वागत गर्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले म्यानमारमा गत केहीवर्ष अगाडीको ठूलो राजनैतिक परिवर्तन पश्चात तीब्र गतिमा बढ्न गइरहेको आर्थिक क्रियाकलापको फाइदा समेत नेपाल लगायत यस क्षेत्रका राष्ट्रले लिने अपेक्षा रहेको बताउदैं १९ मार्च १९६० देखिनै दौत्य सम्बन्ध स्थापना भइ एतिहाँसिक र साँस्कृतिक सम्बन्ध दुई मुलुकबीच भएता पनि आर्थिक सम्बन्ध अपेक्षाकृत हुन नसकेको पृष्ठभूमिमाअब दुबै मुलुकले बदलिएको
अवस्थामा व्यापार घाटा कम गर्न, औद्योगिक लगानी अभिवृद्धि गर्न र पर्यटन प्रवद्र्धनमा समेत उपयुक्त पहल गर्नुपर्ने विषयमा जोड दिए ।
नेपालले म्यानमारसँग क्रमिक व्यापार घाटा व्यहोर्नू परेको सन २०१५/१६ मा निर्यात ४४ लाख ७ हजार रुपैयाँ र आयात १ अर्ब ६४ करोड ४८ लाख १० हजार बराबर भएको र आयातमा मासको दाल, दाल, गेडागुडीका सामान भएको र नेपालले निर्यात सम्भाव्य वस्तुमा ऊनी गलंैचा, चिया, कफीमा विशेष जोड दिई पुष्प व्यवसायमा पनि म्यानमारबाट नेपालले धेरै सिक्ने अवसर प्राप्त गर्न सक्ने
बताए । नेपाल म्यानमारबीच कृषि प्रशोधन, शिक्षा खासगरी चिकित्सा तथा इन्जीनियरिङ्ग र पर्यटनमा द्विपक्षीय सहयोगको प्रवल सम्भावना रहेको उनले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version