काठमाडौँ: कोरोना संक्रमणको कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ।

स्याङ्जा सिरुवारीका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति पोखरामा उपचारको क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिामाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचार गराइरहेका ती पुरुषको वुधबार राति ११ः३५ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्राध्यापक डा. अर्जुन आचार्यले बिहीबार विज्ञप्ति जारी गरी जानकारी गराएका छन्।

उनी असार ८ गते उपचारका लागि पश्चिामाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका थिए। ती पुरुषमा (कोभिड १९) कोरोना भाइरस, गम्भिर निमोनिया, मधुमेह २ देखा परेपछि भेन्टिलेटरमा राखि उपचार गरिएको प्रतिष्ठानले जनाएको छ।

योसँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ। स्याङ्जामा मात्रै कोरोना संक्रमित दुई जनाको मृत्यु भइसकेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version