काठमाडौँ: लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले आफ्ना शेयरधनीहरुलाई ३६ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।
कम्पनिको आज बसेको ९४औं संचालक समिति बैठकको निर्णय बमोजिम आ.ब. २०७३/०७४ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी (रु. १,३३,४६,७७,५००) को ३६ प्रतिशत बोनस सेयर र १.८९४७४ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनार्थ) शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय गरेको हो ।
उक्त निर्णय बीमा समितिको स्वीकृति र आगामि बस्ने बीमकको १६औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र लागू हुने कम्पनीले जनाएको छ ।
Facebook Comments Box
