बुटवल: बाँकेको नेपालगन्जमा रहेको राष्ट्रिय वाणिज्य बैंक त्रिभुवन चोक शाखाका प्रबन्धक ललितबहादुर शाही पक्राउ परेका छन् ।

बैंकलाई झुक्याएर ऋण लिएको अभियोगमा पक्राउ परेका क्रणीको बयानको आधारमा आज उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–११ का सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढ राष्ट्रिय वाणिज्य बैंकलाई झुक्याएर १ करोड २५ लाख रुपैयाँ ऋण लिएको अभियोगमा २७ जेठमा पक्राउ परेका थिए ।

उनीमाथि जग्गाधनी प्रमाणपत्र (लालपूर्जा), ट्रेस, नक्सा र कर तिरेको रसिदलगायतका सरकारी कागजात किर्ते गरेको आरोप लागेको छ । उनको बयान र अनुसन्धानका आधारमा बैकका प्रबन्धक शाहीलाई प्रकाउ गरिएको हो ।

जसगढमाथि मालपोत कार्यालय, नेपालगन्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेको आरोप लागेको छ ।

मुद्दाको अनुसन्धान गर्ने क्रममा बैंक प्रबन्धक शाहीलाई पनि पक्राउ गरिएको जिप्रका बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए । उनलाई जिल्ला अदालत बाँकेबाट अनुसन्धानका लागि म्याद थप गरिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version