काठमाडौँ: मौसम पुर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ।

यसैगरी, महाशाखाले बुधबार बिहान देशभर आँशिकदेखि सामान्य बदली भइरहेको र सुदूरपश्चिम प्रदेश र प्रदेश २ का थोरै स्थानहरुमा वर्षा भइरहेको जनाएको छ ।

पूर्वानुमानमा उल्लेख भएअनुसार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली हुने र सबै प्रदेशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version