काठमाडौँ: कारोबार खुलेको डेढ घण्टा नपुग्दै सेयर बजार ६ प्रतिशतले बढेको छ।

११ बजे खुलेदेखि नै उकालो लागेको बजारमा आज पनि खरिद गर्नेहरुको अत्याधिक चाप रह्यो। १२ बजेर २४ मिनेट जाँदा नै बजार ६ प्रतिशतले बढेपछि सर्किट लागेर आजका लागि कारोबार बन्द भएको छ।

६ प्रतिशतले बजार बढेमा वा घटेमा त्यस दिनका लागि कारोबार बन्द हुने व्यवस्था छ। यसअघि हिजो पनि ६ प्रतिशतले बजार बढेर सर्किट लागेपछि बीचमै कारोबार बन्द भएको थियो।

बुधबार नेप्से ७५ अंकले बढेर १३ सय ३६ अंकमा कायम भएको छ।

यस दिन ४० करोड रुपैयाँको सेयर कारोबार भयो। होटलबाहेकका सबै उपसमूहहरु ब्ढेका छन्।

सो समूह ५ अंकले घट्यो। बैंकिङ ८२, व्यापार ३३, विकास बैंक ५७, जलविद्युत ३३, फायनान्स ४, निर्जीवन बीमा समूह ३२२, उत्पादन १०२, अन्य २०, माइक्रोफाइनान्स १०१, जीवन बीमा ५४८ अंकले बढेका छन्।

यस दिन पनि १ दर्जन कम्पनीका लगानीकर्ताले १० प्रतिशत नाफा कमाए। सिटिजन्स बैंक, साना किसान विकास बैंक, नागरिक लगानी कोष, नेशनल लाइफ इन्स्योरेन्स, आरएमडिसी लघुवित्त, बुटवल पावर, गुँरास लाइफ, शिखर इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स, सिद्धार्थ बैंकका लगानीकर्ताले १० प्रतिशत नाफा कमाए।

नेशनल माइक्रोफायनान्स र ओरेन्टल होटलका लगानीकर्ताले ३ प्रतिशत मूल्य गुमाए। नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी रकम ६ करोड ७६ लाख रुपैयाँको कारोबार भयो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version