काठमाडौं: नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको छ ।

सैनिक अदालतले आचरण विपरीत गतिविधि गरेको कसुरमा सहायक रथी रावल र महासेनानी खड्कालाई बर्खास्त गरेको हो ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दुवै अधिकृतलाई बर्खास्त गरिएको पुष्टि गरे ।

उनले भने, ‘दुवै अधिकृतमाथि माथिल्लो तहबाट भएको आदेश पालना नगरेको, नीति निर्देशन अवज्ञा गरेको, सैनिक अनुशासन उल्लंघन गरेको लगायतका आचरण विपरित कसुरमा जनरल सैनिक समरी अदालतले दोषी ठहर गरेको छ ।’

बर्खास्त भएका सहायक रथी रावल अमेरिकाबाट भर्खर मात्रै वार कलेज सकेर फर्किएका थिए । महासेनानी खड्का वार कलेजका लागि मनोनयनमा परेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version