काठमाडौं : नेकपाभित्रको संकट गहिरिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन् ।
पार्टीभित्र प्रधानमन्त्री र अध्यक्ष दुवैबाट नेताहरुले राजीनामा मागेपछि पद धरापमा परेका बेला अचानक प्रधानमन्त्री ओलीको राष्ट्रपति विद्यादेवी भण्डारीसंगको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।
गत आइतबार प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिपछि नेकपाभित्र विवाद चर्किएको छ भने प्रधानमन्त्रीमाथि पद छाड्न दवाव परेपछि पार्टी विभाजनउन्मुख भएको नेताहरु बताउँछन् ।
विवादकै क्रममा सहमतिको प्रयासस्वरुप आज तय गरिएको स्थायी समिति बैठक पर्सी सोमबारसम्मका लागि स्थगीत भएको थियो ।
यसैबीच आजै ओलीले मन्त्रीहरुलाई बालुवाटार समेत बोलाएको बताएपनि छलफलको विषय खुल्न सकेको छैन । यद्यपि मन्त्रीहरुसंग वर्तमान राजीनितिक अवस्थाका बारेमा गहन छलफल गर्ने मनसाय प्रधानमन्त्रीले लिएको नेताहरुको अनुमान छ ।
