काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलमा देखिएको कोरोना भाइरसले अन्य व्यक्तिमा संक्रमण नसार्ने जनाएको छ।

प्रवक्ता डा. जागेश्वर गौतमले हाल राजधानीको ढलको नमूना परीक्षण गर्दा कोरोना देखिएको कुरा बाहिर आएको भन्दै आजसम्म कुनै पनि अध्ययनले यसबाट संक्रमण अरूमा सरेको तथ्य नभएको बताए।

उनले हालसम्म विश्वमा भएका अध्ययनले संक्रमणबाट निको भइरसकेको व्यक्तिमा पनि भाइरसको टुक्राटुक्री भेटिएको भएपनि त्यो रोग नसार्ने खालको रहेको बताए।

डा. गौतमले कोरोना भाइरस सामान्य तापक्रमको पानीमा वा फोहोर पानी वा अस्पतालबाट निस्किने ढलमा दुई दिनसम्म बाँच्ने बताए। त्यसैले ढलमा कोरोना भटियो भन्दै संक्रमण समुदायस्तरमा फैलिएर जटिल भएको भन्न नहुने उनको भनाइ छ।

यसबाट संक्रमण अरूमा नसर्ने भएपनि सरसफाइमा काम गर्न व्यक्तिहरूले सुरक्षा सामग्री लगाउनुपर्ने मन्त्रालयको सुझाव छ।

एक निजी प्रयोगशालाले उपत्यकाको चार ठाउँको ढलको नमूना परीक्षण गर्दा दुई ठाउँमा कोरोना भाइरस फेला परेको दाबी गरेको छ। सेन्ट्रल फर मलिकुलर डायनामिक नेपालले यो अध्ययन गरेको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version