काठमाडौं: नेपाल राष्ट्र बैंकले ५० रुपैयाँका नयाँ नोट बजारमा ल्याएको छ। बैंकले सूचना जारी गर्दै असार २२ गते सोमबारदेखि नयाँ नोट चलनचल्तीका लागि बजारमा पठाउने बताएको हो।

राष्ट्र बैंकले साविककै आकार, प्रकार तथा रङ्गमा संकेत नं ज/८९०००००१ देखि ट/३३ ९९९९९९ सम्मका ५० रुपैयाँका नोट बजारमा ल्याएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

५० रुपैयाँको नोटको अगाडिको भागको बाँयातर्फ सगरमाथाको चित्र, दयाँतर्फ लालीगुराँसको पानी छाप र नोटको तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा २०७५ लेखिएको छ । उक्त नोटमा तत्कालिन गभर्नर डा। चिरन्जीबि नेपालको हस्ताक्षर रहेको छ।

यस्तै नोटको पृष्ठ भागको मध्य भागमा अंग्रजेमा नेपाल राष्ट्र बैंक लेखिएको छ भने हिँउ चितुवाको चित्र रहेको छ । नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपिज फिप्टी नोटको तल्लो भागको बोर्डरमा सेरिज नम्बर अंग्रेजीमा २०१९ एडि लेखिएको राष्ट्र बैंकले जानकारी गराएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version