एजेन्सी: दक्षिण कोरियाली कम्पनी सामसुङले ‘ग्यालेक्सी नोट नाइन फ्याब्लेट’ सार्वजनिक गरेको छ ।
अमेरिकाको न्युयोर्कमा हिजो आयोजित एक विशेष समारोहकाबीच सामसुङले उक्त सिरिजको फोन सार्वजनिक गरेको हो ।
नोट नाइन सातौँ पुस्ताको नोट डिभाइस हो, जसमा नित्तान्त भिन्न एस पेन फिचर रहेको छ ।
कम्पनीका अनुसार नोट नाइन विभिन्न ४ रङमा उपलब्ध हुनेछ: ब्लाक, पर्पल, कपर तथा ओसन ब्लू कलर ।
ग्यालेक्सी नोट नाइन दुई प्रकारका मेमोरी मोडेलमा उपलब्ध हुनेछ । जसमा ६ जिबी र्यामयुक्त १२८ जिबीको स्टोरेजवाला एउटा हुनेछ । यसको मूल्य ९९९.९९ डलर तोकिएको छ । त्यस्तै महंगो मोडेलमा ८ जिबीको र्याम र ५१२ जिबीको स्टोरेज हुनेछ । यसको मूल्य १२४९.९९ डलर तोकिएको छ । दुवै मोडेलले थप ५१२ जीबी सम्मको माइक्रो एसडी कार्ड सपोर्ट गर्दछन् ।
नोट नाइनको लुक्स धेरै हदसम्म विद्यमान ग्यालेक्सी नोट एटसँग मिल्दोजुल्दो रहेको छ । यद्यपि, यसको डिजाइनमा केही महत्वपूर्ण परिवर्तन गरिएको छ । नोट नाइन सामसुङको २.७ गिगाहर्जको ६४ बिट अक्टाकोर एक्जिनोस ९८१० प्रोसेसरबाट चल्दछ । ग्यालेक्सी एस नाइन र नाइन प्लसमा पनि यहीँ प्रोसेसरमा रहेको छ ।
सामसुङका अनुसार नोट ८ भन्दा नोट नाइन ३३ प्रतिशत फास्ट रहेको छ । फोनलाई बढी तात्नबाट बचाउनका लागि पानी भरिएको कार्वन फाइबर हिट पाइप आन्तरिक रुपमा जडान गरिएको छ । नोट नाइन एन्ड्रोइड ८.१ ओरियो अपरेटिंग सिस्टमबाट चल्नेछ ।
