काठमाडौं: यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधन संचालन सम्बन्धि नयाँ निर्देशिका ल्याएको छ। सो निर्देशिका अनुसार आजदेखि (शुक्रबार) संचालन आउने सवारी साधनले स्वास्थ्य सम्वन्धी मापदण्ड अपनाउनुपर्नेछ।

निर्देशिका अनुसार बस चलाउनु अघि अनिवार्य रूपमा ‘स्यानिटाइज’ गर्नुपर्छ। सार्वजनिक यातायातमा चढ्ने यात्रुले अनिवार्य रूपमा मास्क र सेनिटाइज प्रयोग गर्नुपर्नेछ। मास्क प्रयोग नगरेका यात्रुलाई सवारीसाधन चढ्न दिइने छैन। कहाँबाट कहाँसम्म यात्रा गर्ने हो त्यसका लागि तिर्नुपर्ने भाडाको रकम यात्रुले खुद्रा बोकेर हिड्नुपर्नेछ। खुद्रा नबोक्नेसँग सहचालकले टिकट लेनदेन गर्ने छैनन। बसमा भाडा लिनका लागि एउटा बक्स राख्नुपर्नेछ। यात्रुले उक्त बक्समा भाडाको रकम राखिदिनुपर्छ।

चालकलाई बस्ने ठाउँलाई खुल्ला राख्न पाइने छैन। प्लाष्टिक वा अन्य वस्तुले बार्नु पर्नेछ। चालक र यात्रुका बीचमा कुनै सम्पर्क नहोस् भनेर चालक बस्ने ठाउँलाई सिल गर्न लागिएको हो। बसभित्र पनि चढेकाले सामाजिक दुरी कायम गर्नुपर्छ।

एउटा सिट छाडेर मात्रै बस्न पाइन्छ। सवारीसाधनले सिट क्षमताभन्दा आधामात्रै यात्रु चढाउन पाउनेछन्। ३६ सिटको गाडी छ भने १८ जनामात्रै यात्रु चढ्न पाउने छन्। उभ्याएर यात्रा गराउन पाइने छैन।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version