काठमाडौं: ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा ६९ हजारभन्दा बढीको मृत्यु भएको छ ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार १९९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ६९ हजार २५४ पुगेको छ ।

यस्तै एकै दिन ४२ हजार ९०७ जना संक्रमित भएका छन् । योसँगै संक्रमित हुनेको संख्या १७ लाख ५९ हजार १०३ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म

११ लाख ५२ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ३७ हजार ३८२ जनाको उपचार भइरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version