काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिँचाइ आयोजनाको मूल नहर पटकपटक भत्किएको विषयमा छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ ।

नहरको गुणस्तरमाथि नै प्रश्न उठेको भन्ने विषयमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति आयोगले गम्भीरताका साथ ध्यानाकर्षण भएको उल्लेख गर्दै यस विषयमा छानबिनका लागि आयोगका सहसचिवको नेतृत्वमा समिति गठन गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

सो आयोजना निर्माणमा हालसम्म भएको काम कारवाहीको विषयमा यसअघि आयोगबाट भइरहेको अनुसन्धान कार्यलाई समेत एकीकृत गरी विस्तृत अनुसन्धानको कार्यलाई तीव्रता दिइएको आयोगले जनाएको छ ।

अध्ययन समितिले स्थलगत अध्ययन गरेको र विस्तृत अनुसन्धानको कार्य अगाडि बढाइसकेकोसमेत प्रवक्ता दंगालले जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version