काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संसथाहरुलाई अन्तर बैंक एटीएम कारोबार नि:शुल्क गर्न पुन: निर्देशन दिएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत कोरोनाको प्रभाव रहेसम्म अन्तर बैंक एटीएम कारोबार निशुल्क गरिने व्यवस्था गरे अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गरेको हो।

राष्ट्र बैंकको अनुरोधमा गत चैत ७ गतेदेखि निःशुल्क विद्युतीय कारोबार गर्ने घोषणा गरेका बैंकहरुले मौद्रिक नीति सार्वजनिक गर्नु केहि दिन अगाडि अन्तर बैंक एटीएम र कनेक्ट आईपीएस मार्फत वित्तीय कारोबार गर्दा शुल्क लिने निर्णय गरेका थिए।

तर, यो निर्णय कार्यन्वयनमा आउन नपाउँदै राष्ट्र बैंकले पुन: शुल्क नलिन निर्देशन दिएको हो।

राष्ट्र बैंकका अनुसार ग्राहकले एकपटकमा एटिएमबाट २५ हजार रुपैयाँसम्म निकाल्न पाउनेछन भने एक दिनमा भने १ लाख रुपैयाँसम्म निकाल्न पाइने व्यवस्था छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version