काठमाडौं : हिजो शनिबार बिहानदेखि देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।
हिजोदेखि अहिलेसम्म २४ घण्टाको वर्षा विश्लेषण गर्दा काठमाडौं उपत्यकामा मात्रै ५३ मिलीमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले मापन गरेको छ ।
त्यस्तै पोखरामा सबैभन्दा बढी ९७ दशमलब ५ र जनकपुरमा ९६ दशमलब ६ मिमि पानी परेको छ ।
त्यसैगरी सिमरामा ८९ र ओखलढुंगामा ६२ दशमलब ४ मिमी वर्षा भएको मापन गरिएको छ । धनगढी र घोराहीमा करिब ४० मिमि, ताप्लेजुंगमा २८, नेपालगंज र विराटनगरमा २५ मिमि पानी परेको छ ।
यतिबेला देशभर मुसलधारे पानी परिरहेकाले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
Facebook Comments Box
