काठमाडौं: विवादमा तानिएको प्रहरी इन्काउन्टरमा मारिएका दुई अपहरणकारीको शव परिवारलाई जिम्मा लगाइएको छ ।

शुक्रवार साँझ परिवारसँगको सहमतिपछि पोष्टमार्टम गरिएको नुवाकोटका अजय तामाङ र सिन्धुपाल्चोकका गोपाल तामाङको शव परिवारको जिम्मा लगाईएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले पहिलोक्लिकलाई जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोष्टमार्टमा अजय र गोपालका मृत्युको कारण ‘बुलेट इन्जुरी’ देखिएको छ ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकले गोपालको शरीरबाट ३ ओटा गोली निकालेका छन् । ११ वटा गोली लागेको गोपालको शरीरमा गोलीका कारण १९ ओटा प्वाल परेको भेटिएको छ ।

त्यस्तै अजय तामाङको शरीरमा ४ ओटा गोली लागेको र शरीरका ११ स्थानमा प्वाल परेको पोष्टमार्टमा रिपोर्टमा उल्लेख छ ।

महानगरीय अपराध महाशाखाले अपहरणकारीसँगको मुठभेडका क्रममा १९ राउण्ड गोली चलेको बताउँदै आएको छ ।

शुक्रवार करिब १२ बजे पोष्टमार्टमपछि शव जिम्मा लिएका अजय तामाङका आफन्तले दाहसंस्कारका लागी नुवाकोट लगेको बताईएको छ ।

सिन्धुपाल्चोकका गोपाल तामाङका परिवारले पनि शव बुझिसकेको र शनिबार काठमाडौंमा दाहसंस्कार गरिने पारिवारीक स्रोतले जानकारी दिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version