चितवन: माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। मङ्गलबार राति १६ किलोमा खसेको पहिरो दिनभर लगाएर पन्छाएपछि ७ः४५ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो।

भरतपुर महानगरपालिका वडा नं २९ को बालुवा पुल नजिकै राति ८ः४५ बजे ठूला चट्टानसहित पहिरो झरेको थियो । डिभिजन सडक कार्यालय भरतपुरका ई विजय दराईका अनुसार ब्रेकरले चट्टान फोरेर पहिरो पन्छाइएको हो।

पहिरो पन्छाउन नारायणगढतर्फ दुई वटा एक्साभेटर र मुग्लिनतर्फ दुई वटा लोडर परिचालन गरिएको थियो । सो ठाउँमा झरेको पहिराले १५० मिटर सडक ढाकेको थियो।

पहिरो आज बिहान ९ बजेदेखि पन्छाउन थालिएको थियो। पहिरो पन्छाएसँगै मुग्लिनतर्फ जाने र आउने सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। सवारीको चाप कम भएपछि सडक पूरै सफा गरिनेछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version