काठमाडौं: सनराइज बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारीबीचको बिबाद उत्कर्षमा पुगेपछि राष्ट्र बैंकले हस्तक्षेप गरेको छ।

राष्ट्र बैंक नियम विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले सनराइजका सञ्चालक समिति र प्रमुख कार्यकारीलाई आइतबार दिउँसो ११ बजे डाकेका छन्।

बिहीबारको सञ्चालक समिति बैठकमा लफडा भएपछि प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलको राजीनामाको कुरा उठेको थियो। शुक्रबार सञ्चालक समितिले तीन कार्य दिनभित्र लिखित जबाफ दिन भन्दै पौडेलसँग स्पष्टीकरण सोधेको छ।

काम गर्न नसकेको, सञ्चालक समितिलाई नटेरेको जस्ता ६ वटा आरोप लगाएर स्पष्टीकरण सोधिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version