काठमाडौं: नेपाल राष्ट्र बैंकले सोमबार १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले एक सूचनामार्फत सोमबार ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो । ट्रेजरी बिल बोलकबोलको प्रक्रियाबाट बिक्री गरिनेछ ।

कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको सो ट्रेजरी बिल आगामी कात्तिक ११ गते परिपक्व हुनेछ ।

यसअघि बैंकले यही साउन ५ गते पनि रु पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version