काठमाडौँ: नेपाल बैंकर्स संघले सोसियल मिडियामा प्राप्त भएको अनुरोधको आधारमा मात्र कुनै पनि व्यक्ति/कम्पनीको नाममा पैसा स्थानान्तरण नगर्न सबैमा अनुरोध गरेको छ।

संघले पछिल्लो समयमा सोसियल मिडियाको प्रयोग गरी विभिन्न नक्कली अकाउन्ट खोली सहयोगको रुपमा पैसा माग्ने क्रियाकलापहरु भइरहेको प्रतिसचेत रहन पनि आग्रह गरेको छ ।

कतिपय अवस्थामा अनाधिकृत अकाउन्टहरु छुट्टाउन गा्रहो हुने भएकोले सम्बन्धित व्यक्ति/कम्पनीसंग प्रत्यक्ष रुपमा यकिन गरिसके पछि मात्र कुनै पनि प्रकारको आर्थिक क्रियाकलाप गर्नुहुन र यस विषयमा थप सचेत रहनुहुन पनि अनुरोध गरेको छ ।

साथै, आफ्नो खातासम्बन्धी विवरण, पिन नम्बर, मोबाइल/इन्टरनेट बैंकिङ्गसम्बन्धी विवरणहरु, आदि समेत कसैसंग शेयर नगर्न पनि संघले सर्वसाधारणको ध्यानकर्षण गराएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version