बिराटनगर: विराटनगरस्थित कोसी अस्पतालमा एक जना कोरोना संक्रमित ७७ वर्षीय वृद्धको मृत्यु भएको छ।

सोमबार बिहानमात्र अस्पताल भर्ना भएका उनको दिउँसो सवा तीन बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए।

‘उनलाई आज बिहान साढे नौ बजे अस्पताल भर्ना गरिएको थियो। भर्ना गर्दै उनमा ज्वरो, छाती दुख्ने र स्वासप्रस्वासको समस्या रहेको थियो’, डा. दासले भने।

त्यसपछि कोरोना परीक्षणको लागि उनको स्वाब झिकियो। तर तीन बजे नै वृद्धको मृत्यु भयो। पछि सवा चार बजे पिसिआर रिपोर्ट आउँदा उनमा कोरोना पोजेटिभ देखिएको डा. दासले जनाए।

मृतकको अहिलेसम्म कुनै ट्राभल हिस्ट्री देखिएको छैन।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version