काठमाडौं: सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील भट्ट नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णयले भट्टलाई सीईओ नियुक्त गरेको हो ।

भट्ट राष्ट्रिय योजना आयोगका सदस्य पनि हुन् । इन्जिनियरिङ, व्यवस्थापन तथा योजनाको क्षेत्रमा अनुभव बटुलेका भट्टमा बैंकिङ क्षेत्रको अनुभव पनि छ ।

मन्त्रिपरिषद्मा सीईओ छनोटका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो ।

भट्टसँगै पुनर्निमाण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत रहेका सुशील ज्ञवाली र डा सरोज कोइरालाको नाम सीइओ छनोटका लागि गठन भएका समितिले सिफारिस गरेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version