एजेन्सी: पाकिस्तानले भारतीय नियन्त्रणमा रहेका जम्मु र कस्मिरसहितका क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको छ।

 

भारतसँग विवादमा रहेका जम्मु, काश्मिर र गुजरातको जुनागढ क्षेत्र समेत समेटेर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो मुलुकको नयाँ नक्सा जारी गरेका हुन्।

 

भारतले जम्मु र कस्मिरको अर्ध स्वतन्त्र हैसियत समाप्त गरेको पहिलो वर्षगाँठको पूर्वसन्ध्यामा पाकिस्तानले सो क्षेत्रलाई आफ्नो नक्सामा समेटेको हो।

 

गत वर्षको अगस्ट ५ का दिन भारत सरकारले जम्मु र कस्मिरको हैसियत बदल्दै त्यसलाई केन्द्र शासित क्षेत्र घोषित गरेका थिए।

 

त्यस्तै पाकिस्तानले भारतको गुजरातस्थित जुनागढ क्षेत्रलाई पनि आफ्नो नक्सामा मिसाएको छ।

 

राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री इमरान खानले भने ‘यो पाकिस्तानको लागि सबैभन्दा ऐतिहासिक दिन हो।’

 

उनले नयाँ नक्सा पाकिस्तानको आधिकारिक नक्सा बन्ने बताए। यद्यपि आत्मनिर्णयको अधिकार कास्मिरीहरुसँगै रहेको उनको भनाइ छ। एजेन्सी

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version