एजेन्सी: लेबननको राजधानी बेइरुतमा शक्तिशाली विष्फोट भएको छ । विष्फोटमा परी ७० भन्दा बढीले ज्यान गुमाएका छन् । चार हजार भन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्।

एउटा गोदाममा ६ वर्षदेखि राखिएको विष्फोटक पदार्थ विष्फोट भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

राष्ट्रपति मीसेल आउनले आफ्नो ट्वीटमा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु “अस्वीकार्य”रहेको बताएका छन्।

अमोनियम नाइट्रेटविष्फोटन हुन सक्ने गुण भएको रसायन हो। अस्पतालहरू भरिएका छन् भने कैयौँ भवनहरू ध्वस्त भएका छन्।

प्रधानमन्त्री हासान डीयाबले उक्त घटनालाई विपत्तिको संज्ञा दिँदै दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताएका छन्।

तस्वीर : ईपीए
उनले “खतरनाक गोदाम” बारे चर्चा गरेका छन् जुन सन् २०१४ देखि त्यहाँ रहेको बताइएको छ। स्थानीय सञ्चार माध्यमहरूले मानिसहरू भग्नावशेषमा च्यापिएको देखाइरहेका छन्।

“यस क्षेत्रका सबै भवन ध्वस्त भएका छन्। म अँध्यारोमा सिसा अनि भग्नावशेष हुँदै हिँडिरहेको छु,” एक जना प्रत्यक्षदर्शी समाचार संस्था एएफपीलाई बताए।

विस्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version