काठमाडौं: नेपाली बजारमा सुनको मूल्यले प्रतिदिन नयाँ कीर्तिमानी कायम गर्ने क्रममा बुधबार हाल सम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले साउन २१ गते बुधबार सुनको मूल्य १ लाख माथि पुगेको छ । महासंघका अनुुसार छापावाल सुन प्रतितोला १ लाख १ हजार ४०० रुपैयाँ, तेजावी १ लाख ९०० रुपैयाँ तथा चाँदी १ हजार २९५ रुपैयाँ तोकेको छ ।

अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला १ हजार ६ सय तथा चाँदी प्रतितोला ६५ रुपैयाँले बढेको हो। मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँ, तेजावी ९९ हजार ३७५ रुपैयाँ तथा चाँदी १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिसँगै यहाँ पनि भाउले दिनहुँ नयाँ ‘रेकर्ड’ बनाएको हो । नेपालमा अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुने सुनको भाउ अनुसार मूल्य निर्धारण हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनमा लगानीकर्ता आकर्षित बन्दा त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो ।

हङकङका कारण चीन र अमेरिकाबीच उत्पन्न तनाव, कोरोना भाइरसका कारण लगानीका अन्य क्षेत्रभन्दा सुन रोजाइमा पर्नु, बजेट मार्फत बढाइएको भन्सारदरका कारण पनि नेपाली बजारमा सुनको मूल्य बढ्नुको कारण रहेको जानकारहरु बताउँछन्।


Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version