काठमाडौँ: सरकारले शैक्षिक सत्र ०७७/०७८ काे भर्ना भदाै १ गतेदेखि खाेल्न आह्वान गरेकाे छ।

 

सरकारले भदाै १ गतेबाट भर्ना खाेल्ने निर्णय यसअघि नै गरे पनि काेराेनाका संक्रमित बढ्न थालेपछि निर्णय पुनर्विचार हुनसक्ने चर्चा समेत भइरहेका बेला शिक्षा मन्त्रालयले बिहीबार ७ सय ५३ स्थानीय तहलाई परिपत्र गर्दै भर्ना खाेल्न भनेकाे हाे।

 

​मन्त्रालयले ०७६ काे नतिजा प्रकाशन गर्न बाकी रहे प्रकाशन गर्न पनि भनेकाे छ। त्यसैगरी विद्यालयमा विद्यार्थीकाे संख्यात्मक विवरण यकिन गर्न, भर्ना भएका विद्यार्थीकाे शैक्षिक तथ्यांक भराउन, पाठ्यपुस्तक उपलब्ध गराउन भनेकाे छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version