काठमाडौं : लामो समयदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य अस्ति आइतबारदेखि घट्न थालेको छ ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुन ८ सयले घटेको छ । सुन आज १ लाख १ हजार ६ सयमा कारोबार भइरहेको छ ।

साताको पहिलो दिन आइतबार सुन ९ सयले घटेको थियो । सोमबार २ सयले घट्दै सुन प्रतितोला १ लाख २ हजार ४०० मा कारोबार भएको थियो ।

गत शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने ४० रुपैयाँ बढेको छ ।

 

चाँदीको आजको मूल्य प्रतितोला १ हजार ४३५ रुपैयाँ कायम गरिएको छ । यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख १ हजार १०० मा कारोबार भइरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version