काठमाडौँ: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि बोलाएपछि देउवा बालुवाटार पुगेका हुन्। छलफलमा ओली, देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक सहभागी छन्।

देउवाका सहयोगी भानु देउवाले प्रधानमन्त्रीले डाकेपछि सोमबार बिहान साढे ११ बजे सभापति र लेखक प्रधानमन्त्री निवास बालुवाटार पुगेको जानकारी दिए।

संवैधानिक नियुक्ति, रिक्त रहेका पोखरा विश्वविद्यालयलगायतमा नियुक्तिजस्ता विषयमा छलफल भएको बताइएको छ।

यसअघि बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version