काठमाडौँ: विहिबार बसेको मन्त्रिपरिषद्काे बैठकमा प्राय सबै मन्त्रीहरुले देशभर पुन: दोश्रो चरणको बन्दाबंदीमा जानु पर्ने राय प्रधानमन्त्रीलाई सुझाएका छन्।

देशभर कोरोना महामारीको ब्याधि समुदाय स्तरमै फैलिसकेको अनुमान गर्दै यस्तो सुझाव दिएको एक मन्त्रीले जनाकारी दिए।

बैठकमा प्रायः सबै मन्त्रीले काेराेना नियन्त्रणमा गम्भीरतासाथ रणनीतिक याेजना बनाउनु पर्ने धारणा राखेका थिए । काेभिड-१९ संकट व्यवस्थापन केन्द्रका संयाेजक समेत रहनुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाेखरेलले सीसीएमसीका कार्ययाेजना र तयारी बारे बैठकमा जानकारी गराउनु भएको पनि मन्त्रीले बताए।

यस्तै, सरकारले राष्ट्रकवि माधव घिमिरेकाे निधनप्रति दुःख व्यक्त गर्दै शाेक व्यक्त गरेकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले १०१ बर्षकाे उमेरमा मङ्गलबार निधन हुनुभएका राष्ट्रकविप्रति शाेक प्रस्ताव पारित गरेकाे हाे । त्यस्तै बैठकले बाढी पहिराेमा परी ज्यान गुमाएकाहरूप्रति शाेक व्यक्त गरेकाे छ ।

स्रोतका अनुसार बैठकमा काेभिड-१९ सङ्क्रमण राेकथाम, नियन्त्रण तथा उपचारमा भइरहेका प्रयास र भावी रणनीतिक तयारीका बिषयमा गम्भीर छलफल भएकाे छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version