काठमाडौँ: नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौड्यालले सेवाबाट राजीनामा दिएका छन् ।

स्वास्थ्यको कारण देखाउदै राजीनामा दिएका पौड्यालको राजीनामा भदौ ३० गते देखि लागू हुनेछ ।

गत साउन मसान्तमा राजीनामा दिएका पौड्यालले भदौ महिना बिदामा बसेर भदौकै ३० गते देखि लागू हुने गरी राजीनामा दिएको बोर्ड स्रोतले जानकारी दिएको छ ।“स्वास्थ्यको कारण देखाउदै राजीनामा दिनुभएको छ,” स्रोतले भन्यो,“ एक महिनाको विदापछि उहाँको राजीनामा लागू हुनेछ ।”

नेपाल धितोपत्र बोर्डमा करिब २४ वर्ष सेवा गरेका पौड्यालले व्यवसायीक प्रशासनमा स्नाकोत्तर गरेका छन।

पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डमा २०५३ साल साउन देखि जोडिएका पौड्याल कार्यकारी निर्देशक भएको केही वर्षपछि बाहिरीन लागेका हुन् । यो अवधिमा पौड्यालले नियमन, सुपरिवेक्षण तथा अनुसन्धान विभाग प्रमूखको भुमिका रहेर काम गरिसकेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version