काठमाडौँ: दुबई एयरपोर्टमा अलपत्र परेका नेपालीलाई आइतबार स्वदेश फर्काइएको छ ।

 

गत मङ्गलबार नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल फर्कन नपाएर बिचल्ली परेका यात्रुहरुलाई नेपाल एयरलाइन्सकै वाइड बडी (ए-३३०) को उडानबाट आज स्वदेश फर्काइएको हो। जहाजमा २ सय ६४ जना यात्रु रहेका छन् भने २ जनाको शव पनि पठाइएको छ।

आजको उडान पनि तोकिएको समय भन्दा झण्डै डेढ घण्टा ढिला भएको थियो।

सरकारको निर्णय भन्दै बिना यात्रु जहाज रित्तै फर्किएपछि नेपाल फर्किन भनेर दुबई विमानस्थल पुगेका नेपाली दर्जनौं यात्रुहरु एयरपोर्टमा नै अलपत्र परेका थिए। कोरोनाको पीसीआर परीक्षणको प्रमाण सहित नेपाल उड्ने तयारी गरिसकेका यात्रुलाई जहाजले नबोकी उडेपछि गत मङ्गलबार दुबई विमानस्थलमा नेपालीहरु अलपत्र परेका हुन्।

त्यसरी अलपत्र परेपछि कतिपय आफ्नै कोठामा फर्किएका थिए भने टाढा कोठा हुनेहरुलाई खान र बस्नको लागि एनआरएनए युएई र अन्य संघसस्थाहरुले सहयोग गरेको थियो । नेपाल फर्किन अन्तिम समयमा एयरपोर्ट पुगेका यात्रुहरुलाई अलपत्र बनाई जहाज रित्तै फर्किएको भन्दै सरोकारवालाहरुले विरोध जनाएका थिए । चौतर्फी दबाब र विरोध भएपछि सरकारले पहिले काटेको पुरानै टिकटमा नेपाल फर्काएको हो ।

उद्धार गरिएकालाई राख्न होटल व्यवस्थापन नभएको भन्दै कोभिड–१९ संकट व्यवस्थापन संचालक केन्द्र सीसीएमसीले नै मन्त्रालयलाई उद्धार उडान स्थगित गर्न भनेसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय भएका उद्धार उडानहरु स्थगित गरिएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version