काठमाडौ: कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ बर्षिया बालिका निर्मला पन्त हत्या प्रकरणभित्रको पर्दा झनै खुल्दै गएको छ ।
प्रमाण लुकाएको मुद्धामा तत्कालीन कञ्चनपुर प्रहरीका प्रमुख एसपी डिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउँदलाई अदालतले सफाई दिएसँगै थप भित्रि बाटो बाहिरिन थालेको हो ।
अदालतले तत्कालका अनुशन्धान अधिकृतले गरेको अनुशन्धाननै अपराधि पत्ता लगाउन अनुशन्धान नजिक रहेको स्पष्ट पारेपछि अब निर्मलाको परिवारले न्याय पाउँने देखिन्छ ।
यही सन्दर्भमा तत्कालिन एसपी बिष्टले यो घटनामा जोडेर आफुलाईपनि प्रताडित गरिएकाले क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन् । साथै आफ्नो टीम अनुशन्धान नजिक रहेका कारण फेरी जिम्मेवारी दिए ७ दिनमै निर्मलालाई न्याय दिने दावी गरेका छन् ।
“म मेरो अग्नि परीक्षामा पास भैसकेको छु, अन्तत: म र मेरा साथीहरुलाई लागेको आरोप असत्य साबित भैसकेको छ,” उनले भने।
