काठमाडौं: निरन्तर बढिरहेको सेयर बजारमा साताको अन्तिम कारोबार दिन ‘करेक्सन’ देखिएको छ। आइतवारदेखि बुधवारसम्म निरन्तर बढेको सुचक बिहीवार ४ अंक घटेर १ हजार ४ सय ५८ मा आएको हो।

कोभिडले लगानी गर्ने अन्य क्षेत्र नभएपछि सानादेखि ठुला लगानीकर्ता सबै सेयर बजारमा भित्रिएका छन्। जसले गत केही दिनदेखि सुचक बढिरहेको थियो। बिहीबार भने लगानीकर्ताहरुले नाफा बुक गर्दा सुचक तल झरेको ब्रोकरहरु बताउँछन्।

सुचक थोरै घटेपनि कारोबार रकम करिब २ अर्व नजिक भएकाले भोलिका दिन सुचक फेरी माथि जाने संकेत देखिएको लगानीकर्ताहरु बताउँछन्। सुचक घटेको मौका छोपेर सेयर खरीद गर्नेहरु पनि आएकाले बजार भोलिको दिनमा फेरि उक्लिने उनीहरुको अनुमान छ। बिहीबार १ सय ८८ कम्पनीको ४९ लाख ६७ हजार कित्ता सेयर कारोबार भएको छ। कुल १ अर्ब ९८ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

कारोबार भएका १२ उपसमुहको सुचकमा निर्जीवन बीमा, जीवन बीमा र उत्पादनमुलक समुहको सुचक बाहेक सबै समुहका सेयरमा नाफा बुक भएको देखिन्छ। नौ समुहको सुचक घटेको छ।

बुधवारदेखि दोस्रो बजारमा कारोबार भएको एनआरएन इन्फ्रास्टक्चरको सेयर मुल्य ९.८२ प्रतिशतले बढेर प्रतिकित्ता ३ सय ६९ रुपैयाँ पुगेको छ। नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी २३ करोड १२ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version